भगवान आफ्नो कोठा भित्र छिर्नुभो
बिस्तरामा बस्नुभो
एउटा लाम्खुट्टे कानसम्मै आएर गुन्गुन्गुन्गुन् गर्यो
“जिन्दगी दुख हो
दुख मुक्तिका उपाए छन्
दुख मुक्तिको अवस्था छ”
भगवान केही बोल्न खोज्नुभो, बोली फुटेन
थोरै मिहिनेत गर्नुभो
आनन्द, हे आनन्द, यहाको झुल कता परेछ ?
हिजोका नया भिक्षुहरुले लगे भगवान
भगवान मुस्कुराउनु भो ।
एकछिन सम्म मुस्कुराइरहनुभो, किन लगेछन् ?
माछा मार्नलाई भगवान
अनि तिमी
आफ्नै अनुभव होकी मेरो बचन दोहोर्याउदै छौ ?
हिंसा नगर, भगवान भन्नुहुन्छ
हिंसा नगरि म कसरि परिवार पालु भगवान, म कसरि बाचुँ ?
मैले तिमीलाई त्यसो भनेको थिएँ ?
हो, भन्नुहुन्छ, म सधै हजुरका बचनहरु सुन्न आउछु
हरेक सन्ध्यामा
यो बर्खा सुरु भए देखी नै,
के मान्छेलाई मात्रै भगवानको बचन सुन्नो अधिकार छ ?
अनि आनन्द, मैले त्यही सिकाएको थिए ?
“जिन्दगी दुख हो, माछाहरुको दुख मुक्तीको उपाए हामीसँग छ”, भन्दै थिए भगवान
“हा हा हा”, अव चाही भगवान हास्नु भो ।
मैले चाई के गरु भगवान म त अप्ठ्यारो मा परे
लाम्खुट्टेले रुन्चे स्वरमा भन्यो
भगवानले थोरै आफ्नो पूर्वजुनी हरुमा खोतल्न पर्यास गर्नुभो
कहिकतै म लाम्खुट्टे थिएँ की
कसरी चल्छ लाम्खुट्टेको मनोबिज्ञान ?
कत्ति याद आएन
आज सूर्यदयसम्मको कुरा पनि याद आएन
जिन्दगी दुख हो, मैले नै भनेको हु
यो बचनको प्रमाण तिमी दिनु, विशेसगरी मेरा भिक्षुहरुलाई
मलाई एक सप्ताह पछि भेट्नु
तिम्रो लागी म केही सुत्र खोजिदिउला
ठिक एक सप्ताह पछी, यही घडी, म आउनेछु भगवान
बाटो नदेखाए राम्रो हुनेछैन
लामखुट्टे फेरी गुन्गुन्गुन्गुन् गर्न थाल्यो
“अप्प दिप भव”, यो कस्ले भनेको थियो आनन्द ?
हजुरले नै भनिबक्सेको हो भगवान
लामखुट्टे रात्रीचर प्राणी हुन् होइन ?
म सूर्यदयसम्मै सुतेँ भने मलाई जगाउनु
भगवानले आफ्नो हिर्दयको दियो जलाउनुभो ।
तिमी भन्दा ऊ अज्ञानी जस्तो नै देखिन्छ
तव न तिमी उस्लाई झुन्डाईदिन्छौ ।
उस्लाई अज्ञानसँग त्यत्ति द्वेष छैन, जति तिम्लाई होस् ।
उस्लाई ज्ञानसँग त्यति टाँसन छैन जति तिम्लाई होस् ।
तिम्रा ज्ञान र तिम्रा अज्ञानमा ऊ सवप्न र जागरण जस्तो भेद देख्दैन ।
तिम्रा ज्ञान मिठा सपना न हुन्छन्
तिम्रा अज्ञान साह्रै मिठा नहोलान, हुन् सपना नै ।
बरु, कहिलेकाही तिम्रा अज्ञान नै उस्लाई प्रिएकर हुन्छन
ज्ञानको नाममा परम ज्ञान नै सिकाउन मिल्छकी ? उस्लाई आश हुन्छ; अज्ञानलाई प्रतिस्थापन गर्न सजिलो हुन्छ ।
तिम्रा ज्ञान, तिम्रो जीवनभरको कमाई हो, छोड्छौ पनि कसरी, बिचरा..
उस्ले तिम्रो समस्या बुज्दछ; उस्को समस्या बुझ्ने सम्स्याबिहिनतामा तिमी उत्रिएको छैनौं ।
लक्ष्मीको पुजा गर्छौ; तिमीलाई द्वव्य राखिएको थाली चोरिने एति डर छकी, तिमी ढोका बन्द गरिदिन्छौ
पुजिएको त्यही द्रव्यले घरमा लक्ष्मी भित्रिनवाट रोकेन ?
तिम्रो ज्ञानले परमज्ञान लाई त्यसरीनै रोकेको छ, ऊ भन्छ ।
द्रव्य चोराएर पनि लक्ष्मी भित्रिन्छिन ? तिमी तर्क गर्छौ, द्वार बन्द गरिदिन्छौं।
उस्को निरपराधताको अगाडी तिम्रा तर्क दहरा ठहरिन्छन ।
ऊ हिस्स पर्छ, ऊ मुर्ख ठहरिन्छ । तर्क गर्ने हिंसा पनि उस्मा बाकि रहेन ।
लक्ष्मी त्यही ढोकावाट छिर्छिन जहावाट चोर छिर्दाहुन्; उस्ले तिमीलाई बुझाउन सकेन ।
लक्ष्मी द्रव्यको संकलन होईनन्, लक्ष्मी सम्पदाको त्यो आकास हुन् जस्ले द्रव्यलाई जमानत दिन्छिन्; उस्ले तिमीलाई बुझाउन सकेन ।
त गलत छस्, तेरो बेलै भएको छैन; त जमिनमा घिस्रिने किरासरि अनन्त काल सम्म यसरिनै घिस्रिरहन्छस्स् ।
पनि ऊ भन्न सक्दैन,
उस्लाई किरासँग दुष्मनि छैन; घिस्रिनेहरु नै एकदिन हिड्ने हुन्, दुगुर्ने हुन,
म त्यसरीनै घिस्रिएको थिए, उसलाई याद छ ।
घिस्र्याई परमात्माकै हो, ऊ भनोस् मात्र; “त्यसोभए हाम्रो हिडाईमा परमात्माभन्दा के कमी छ र, तलाई सुन्नु पर्ने,” ऊस्को बोधमा टोकेर तिमीहरुको ज्ञानले आफ्नै सम्भावना माथी बन्चरो हानि नै हाल्छन् ।
उस्लाई तिमीलाई सम्झाउन खोज्दाखोज्दै बोध भैसक्यो । तिमी उस्को समस्या बुझ्न असमर्थ छौ ।
ऊ ज्ञानी हुदैन, ज्ञानस्वरुप हुन्छ ।
तिम्रो अवस्था देख्दा, म नै हु परम ज्ञान, मेरो शरणमा आईज; भन्न पनि ऊ लजाउछ ।
तिमी जुन शिखरको बयानमात्र सुनेकाछौ, त्यो शिखर मै हु, त्यो शिखरको धरातल पनि मै हु , त्यो शिखरको गहिराई पनि मै हु, ऊ भन्न घवराउछ ।
तिमीले सोधिनैहाल्छौ, शिखर, शिखरविहिनता कसरी हुन्छ ?
ज्ञान ज्ञानविहिनता पनि कसरी हुन्छ ? यो तर्क नै नमिल्ने चिज ?
तब ऊ शत्रु जस्तो देखिन्छ, ज्ञानको, परमज्ञानको । यसलाई सैतानते पठाएको हुनुपर्छ । बोल्छ अर्को लोकको कुरा, हो ! तर हाम्रा पुर्खाले, हाम्रा शन्तहरुले पुजेको भगवान अनुमोदन गर्दैन । तिमी मोर्चा लगाउछौ ।
ऊ तिमीलाई भन्न सक्दैन, तिम्रा सन्तहरुवाट उहि बोलेको थियो । तिमीहरुले आफ्नै सन्तहरुलाई पनि पुरापुर् सुनेको होईनौ । तिमीहरु मध्यकै कुनै स्वप्नज्ञानीले लेखिदिएको टिका पढेका हौ, भाष्य पढेका हौ ।
ऊ तिमीलाई भन्न सक्दैन । तिमीले परमज्ञानको स्वद नै नपाएपनि, कुनै करुणामई सन्तले, अलिकती तिम्रै भाषामा, “लौ न त, अलिकली वासना तिमीहरु पनि लिअ”, भनेर जागरणलाई स्वप्नरुप दिनखोज्दै आफैसँग सर्माउदै लेखिदिएको पुराण पढेका हौ ।
ऊ तिमीलाई भन्न सक्दैन, तिम्रा द्वारका ताल्चाहरु धेरै खिईइसके, म नया चावी बोकेर तिमीहरुसामु आएको हु ।
तिमी भनि नै दिन्छौ “एस् धम्मो सनन्तनो”, जे शास्वत छ, त्यो धर्म हो ।
तिमी भनि नै दिन्छौ, आत्मा पनि बदलिन्छ ? “आत्म नित्य, शरीर अनित्य ।” कुनैवेला बोलेका, ऊस्कै वचन उस्लाई भारी पर्छन ।
खुद ब्रह्मन ले बोलेको वेद हामीसँगै छ, खुद भगवानको मुखारविन्दुवाट मर्जी भएको गीता हामीसँगै छ ?
नया चावी बोकेर आउने त पर्देशी को होस् ? तिमी तर्कसिद्ध प्रस्न उठाईदिन्छौ ।
ऊ तिमीहरुलाई भन्न सक्दैन, “धर्मसंस्थापनार्थाय संभवामी युगेयुगे”; मैले नै वाचा गरेको थिए र अव म फर्किएको छु । बिचरा .........
ऊ रुन पनि सक्दैन
कस्को काखमा जावस्, ऊ ? जो अस्तित्वको परम काख बनेको छ ।
जव परम चेतना आफै तर्फ फर्किन्छ, त्यो ढुगो नै बन्छ....... तिम्रो लागी ।
बिचरा ........! कस्ले भनिदेला तिमीहरुलाई ?
सायद तिमी यसैले पुजा गर्छौ कि तिम्रो मनमा प्राथना छ, “भगवान! त छस् भने, ढुगो नै बनेर बस् ।”
तिमी उसलाई मन्दिरमा हुलेर थुनिदिन्छौ ।
तिमी उस्लाई झुन्डाईदिन्छौ । र त्यो शुली को पुजा गर्छौ ।
अझै पनि निर्णय गर्न सक्तैन ऊ; “बुझ्नेले एकदिन बुझिनैहाल्छ, नबुझ्नेले कसै बुझ्दैन ।”
ऊ आफैपट्टि फर्किन्छ । बेलाबेला बालकजस्तो चिहाईरहन्छ ।
तिमीले एउटा मुस्कान के छोड्छौ; ऊ फर्किन्छ, सुवास बोकेर ।
ऊ तिमीभन्दा फेरी कम्जोर ठहरिन्छ ।
ऊ तिमीभन्दा संकल्प बिहिन ठहरिन्छ, ऊ तिमीभन्दा रागी देखिन्छ ।
उस्लाई संसार सँग त्यत्ति द्वेष छैन, जति तिम्लाई होस् ।
उस्लाई परम ज्ञान सँग त्यति टाँसन छैन जति तिम्लाई होस् ।
तिम्रो मुहार ज्ञानतर्फ भएजस्तो, उस्को मुहार अज्ञानतर्फ नै फर्किएको हुन्छ; ऊ रागी जस्तो देखिन्छ । तिमी सोच्छौ कि घाम को मुहार घामतर्फै फर्किन्छ ?
ऊ परमात्माको खोल ओढेको पाखण्डि जस्तो देखिन्छ ।
तिम्रा ज्ञान तिम्रो अज्ञानका ओखती होईनन् ।
परमज्ञान तिम्रा तर्कहरु भेटीने चौबाटो होईन; परमज्ञान चेतनाको त्यो आकास हो जस्ले तिम्रो ज्ञानलाई, तिम्रो अज्ञानलाई जमीन दिन्छ । उस्ले तिमीलाई बुझाउन सक्दैन ।
परमज्ञान चेतनाको त्यो आकास हो जस्ले तिम्रो जागरणलाई, तिम्रो स्वप्नलाई जमिन दिन्छ; उस्ले तिमीलाई बुझाउन सक्दैन ।
तव न तिमी उस्लाई झुन्डाईदिन्छौ ।
अबको दशबिस वर्षमा
साथीहरु
यी सप्पै मर्छन्
कात्रोमा जति देश लगिमाग्छन्
साथीहरु
पिण्ड बनाएर चढाइदिउला
बाकी जमीन
लाई नदुख्ने गरी, साथीहरु
एउटा प्यारो चुनाव गरुला
सप्पैभन्दा उदार, सप्पैभन्दा मनको धनिलाई, साथीहरु
चकटी सुम्पिदिउला
साथीहरु, हामी कुर्सीमा नबसु ल !
कुर्सी जमीनवाट प....र.. हुदोरैछ
र दुईचार वर्षमै, साथीहरु
युवालाई चकटी सुम्पिहाल्नुपर्छ हस् !
यीनैका आनुवंश न हु, कसै लालच पलाएछभने, साथीहरु
यसरी छि:छि: र दुर्दुर हुनुभन्दा अगावै
कात्रो नचाहिने गरी, साथीहरु
गंगामैयाको काखमा कतै, मृत्युवरण गरुला ॥
चुनाब आयो
बुच्चडले बाख्रालाई फकायो
मलाई बुच्चड संगको अदक्ष बनाउ, म बाख्राको हकको निम्ती बोल्छु
बाख्राहरु अलिकती मोहमा परे, थोरै हरियो घासको
गासको, कपासको
बस्नलाई गोठ दिएको थियो
धेरथोर खाना,
घाटीमा छिनछिन बज्ने सिक्री
जस्ले जंगलको विध्वंस बाट बचाउथ्यो
र खाइलाग्दा दुश्मन बाख्राहरुलाई उसले मौलोमा बाधेर काटिदिएको पनि थियो
देवीको पूजा गर्थ्यो, धर्मात्मा थियो
बाख्राहरुलाई भरोसा आयो
यहि हो हाम्रो मसिहा
भोट हालेर उसैलाई बनाए
बुच्चड संगको अदक्ष
धैर्यता एक वार देखाउ
जिन्दगीमा
त्यसैले तार्छ
हिम्मत एक वार देखाउ
जिन्दगीमा
त्यसैले तार्छ
प्रेम एक वार देखाउ
जिन्दगीमा
त्यसैले तार्छ